शिक्षक शब्द अङ्ग्रेजी टिचर शब्दको नेपाली अनुवादजस्तै प्रतीत हुन्छ । अर्थात्, यस्तो मान्छे जसले शिक्षण कार्य गर्ने गर्छ । सिक्ने र सिकाउने प्रक्रियालाई सहजता साथै विशेषज्ञताका साथ गर्छ । नेपालमा शिक्षकका लागि गुरु शब्दको प्रयोग प्राचीननकालदेखि हुँदै आएको पाइन्छ ।

गुरु शब्दको शाब्दिक अर्थ हुन्छ सम्पूर्ण यानि जो हामीलाई जीवनको सम्पूर्णतालाई हासिल गर्ने दिशामा अघि बढ्नका लागि हाम्रो पथ आलोकित गर्ने गर्दछन् । २१ औं शताब्दीमा शिक्षामा अनेकन परिवर्तन र सुधारहरू आएका छन् । तर, मानवीय सम्पर्क तथा दुईतर्फी संवादको भूमिका समयको साथ अझै धेरै प्रासङ्गिक हुँदै हामीसामु आइरहेको छ ।

शिक्षकको भूमिका महत्वपूर्ण
भलै पश्चिमा देशहरूमा हाल पर्सनलाइज्ड लर्निङजस्ता संप्रत्ययले लोकप्रियता पाइरहेका छन् साथै आर्टिफीशियल इन्टलीजेन्स माथि मान्छेको विश्वास र भरोसा बढिरहेको छ । तर, यस विषयमा वैज्ञानिकहरूले चेतावनी पनि दिन थालेका छन् कि यस्तो टेक्निक मान्छेहरूका लागि एकदिन ज्यानमारा बन्न पनि सक्छ । यसै सिलसिलामा प्रकाशित एउटा लेखमा मानवीय त्रुटि तथा मूर्खताहरूलाई मानवीय स्वाभावका निम्ति अति आवश्यक भएको बताउँदै यस कुराको वकालत गरिएको छ कि मेसिनहरूमा समेत यस्ता विशेषताहरूको विस्तार गरिनु आवश्यक छ ताकि उसलाई पनि ज्यादा मानवीय बनाउन सकियोस् ।

बालबालिकाको पहिलो ‘रोल मोडल’ हुन्छ शिक्षक
गएको वर्ष एकजना अभिभावकले आफ्ना साना बच्चाका लागि विद्यालयमा भएको चुनावबारे आफ्नो अनुभव सुनाउँदै भनेका थिए– बालबालिकाको रोल मोडल शिक्षक नै हुने गर्छन् । एकजना बच्चा धेरै मान्छेहरूले आफ्नो शिक्षकको कुरा मानेको देखेर, उनको इशारामा काम गरेको देखेर, नेतृत्व गरेको देखेर भित्र–भित्र प्रभावित नभइ बस्नै सक्दैन । यस्तोमा आवश्यक छ कि उसको शिक्षक योग्य साथै आफ्नो काम पूरा विशेषज्ञता, तनमन र प्रभावशाली ढङ्गमा पूरा गरेको होस् ।

यसको साथ ती शिक्षकले बालबालिकालाई स्नेह तथा आश्वासन देओस् जो उनीहरूलाई भविष्यमा जिम्मेवारी लिन सक्ने, आफ्नो गल्ती स्वीकार गर्न सक्ने र आफ्नो गल्तीबाट सिकेर अगाडि बढ्ने मान्छे बन्न सिकाओस् । जसले गर्दा उनीहरू जीवनमा निरन्तर प्रगतिपथमा लम्किंदै आफ्ना सम्भावनाहरूको शिखर छुन सकुन् । एउटा सपनालाई साकार पार्न सकुन् जसलाई मान्छेको सर्वश्रेष्ठ सम्भावनाहरूलाई वास्तविकतामा बदल्नु भनिन्छ । यस कलाले एउटा शिक्षकलाई खास बनाउँछ जसले ऊ सम्भावनालाई सच्याइमा ढाल्ने कला जानेको हुन्छ । उसले मात्रै छात्रछात्रालाई आफ्नै सन्तानजस्तै स्नेह दिन्छ र चुनौतीहरूको सामना साथै आफैंबाट बाहिर निक्लन सङ्घर्ष गर्ने स्वतन्त्रता दिनेगर्छ ।

शिक्षकमात्र तलब खाने कर्मचारी होइनन्
यसको मतलव शिक्षक यस्तो प्रशिक्षक हो जसले ओलम्पिक जस्तै ठूलो प्रतिस्पर्धाको खेलका लागि आफ्ना बालबालिकालाई तयार पारिरहेका हुन्छन् । तर, उसलाई यो पनि थाहा हुन्छ कि यो खेलमा सबै एउटै लक्ष्यमा पुग्ने होइनन् । यिनीहरूमध्ये धेरै राम्रा दर्शकमात्रै बन्नेछन् । यिनीहरूमध्ये यस्ता बच्चाहरू पनि हुनेछन् जसले सङ्गीतको दुनियाँमा आफ्नो नाम राख्नेछन् । यिनीहरूमा यस्ता बच्चाहरूको पनि कमी हुने छैन जो भविष्यमा शिक्षक बनेर बाँकी बालबालिकाहरूको सपनाहरूलाई साकार गर्ने भूमिका स्वीकार गर्नेछन् । मतलव, एउटा शिक्षक सदैव सम्भावनाको द्वार पार गर्ने व्यक्तिहरूको निर्माणमा समर्पणका साथ लागिरहेको हुन्छ । ऊ तलव खानेमात्रै काम गर्दैन ।

एउटा शिक्षक केवल पुरस्कार र पदको आकाङ्क्षी हुँदैन । ऊ साँचो अर्थमा एउटा किसानजस्तै हुन्छ । ऊ कुनै पनि बिरुवाको भविष्य तय गर्न उसका हरेक परिवर्तनहरूमा आफ्नो भूमिका सहजै पहिचान गर्नसक्छ । भलै, जति पनि मुस्किल र चुनौतीहरू किन नआउन् । तर, ऊ आफ्नो मार्गबाट कहिल्यै विचलित हुँदैन । किनकि उसको काम भनेको अँध्यारोको बिरुद्धमा लड्नेवाला पिंढीलाई भविष्यको अथाह चुनौतीहरूका लागि तयार पार्नु हो । जुन चुनौतीका बारेमा ऊ अनुमानमात्रै लगाउन सक्छ । किनकि ती भविष्यको गहिराइमा हुन्छन् । त्यसैले ऊ आफ्ना छात्रछात्राका क्षमतामा भरोसा गर्दछ । साथै, उनीहरूलाई आफ्नो जीवनमा सङ्घर्ष गर्न र आफ्ना सपना साकार पार्न ऊ त्यसको पिछा गर्नका लागि सदैव प्रोत्सहित गरी नै रहन्छ । – एजेन्सी