धरान / धरानस्थित वीपी कोइराल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विदेशबाट आएका १२ जना सम्पर्कमा आएका छन् । ती मध्य ४ जना फ्रान्सबाट कतार हुदैंआएकी युवतीसँगै आएका व्यक्ति भएको खुलेको छ ।
प्रतिष्ठानका सह प्रबक्ता डा. अशोक ऐरका अनुसार प्रतिष्ठानले दुई जनालाईृ सेनाले तयार गरेको मोरङको टाँडीको क्यारेँटाइनमा पठाइएको छ । ५जनालाई होमक्यारेन्टाइन बस्न रेफर गरिउको छ भने ५जना प्रतिष्ठानको आइसोलेसन वार्डमा रहेका छन् । प्रतिष्ठानमा रहेका ५ जनाको थ्रोट स्वाबको रिर्पोट काठमाडौं मंगलबार नै पठाइएको छ ।
‘आजसम्ममा रिर्पोट आइपुग्छ । सम्भवत आजै परीक्षणको किट पनि आइपुग्छ ।’–डा. ऐरले भने । किट आए पछि प्रतिष्ठान आफैले कोरोनाको टेष्ट गर्ने छ । प्रतिष्ठानमा टेष्ट शुरु भए पछि स्वाब काठमाडौं पठाउन पर्दैन ।