काठमाडौँ /जारी यु–१९ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनल प्रवेशका लागि आज नेपालले भारतको सामना गर्दैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला मैदानमा आज साझ ५ः३० बजे हुने खेलमा समूह ‘बी’को विजेता भारत र समूह (एको) उपविजेता नेपाल आमने–सामने हुँदैछन् ।समूह चरणको खेलमा नेपालले माल्दिभ्सलाई ४–१ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो भने भारतले भुटानलाई २–१ को अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।

  यसैगरी आजै हुने पहिलो सेमिफाइनल खेलमा पाकिस्तान र भुटान आमने–सामने हुनेछन् । उक्त खेल दिउँसो १ः३० बजे हुनेछ । पाकिस्तान समूह ‘ए’को विजेता र भुटान समूह (बी)को उपविजेताका रूपमा सेमिफाइनल पुगेका हुन् ।