धरान । धरानको सिद्धि नेवाः परिषद्ले नेपाल संवत ११४५ लाई स्वागत गरेको छ । यस अवसरमा बुधबार शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको परिषद्का अध्यक्ष राजविमल श्रेष्ठले जानकारी दिए । 

नेपाल संवतलाई नेपाल सरकारले राष्ट्रिय संवतको रुपमा मान्यता दिएको छ तर सोअनुसार प्रचलनमा भने आउन नसकेको कोशी प्रदेशका प्रदेश सभा सदस्य विजय राईले बताए । उनले सबैले आआफ्नो क्षेत्रबाट प्रयोगमा ल्याउन आवश्यक रहेको बताए । 

कार्यक्रमको सुरुवात सिद्धिमान गंगालक्ष्मी पलिखेको प्रतिमामा माल्यार्पण गरी सुरुवात गरिएको महासचिव मोहन श्रेष्ठले जानकारी दिए । नेपाल संवतका प्रणेता भने शङ्खधर शाख्वा हुन् । उनको तस्बिरमा पनि माल्यार्पण गरिएको महासचिव श्रेष्ठले जानकारी दिए । परिषद्का निवर्तमान अध्यक्ष गोकुलप्रसाद श्रेष्ठले नेपाल संवतको ऐतिहासिक जानकारी दिएका थिए । 

कार्यक्रमका अतिथि नेवाः देय दवूका कोशी प्रदेश अध्यक्ष इन्द्रबहादुर श्रेष्ठले सरकारले गरेको निर्णयलाई सरकारी तवरबाटै व्यवहारमा ल्याउन पहल गर्न प्रदेश सभा सदस्यहरुलाई अनुरोध गरे । नेपालमा नेपाल संवतको सुरुवात लिच्छवि कालका राजा राधवदेशबाट सुरुवात भएको हो । शङ्खधर शाख्वाले गरिबहरुको ऋणमोचन गरिेको अवसरमा नेपाल संवतको सुरुवात भएको थियो ।