विजयपुर । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।
शुक्रबार कार्यालयले शैक्षिक वर्ष २०८० को कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको हो । परीक्षाफल अनुसार ६४.१३ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् । नियमित र आंशिक दुवै तर्फ गरी कुल ४ लाख १८ हजार १७० परीक्षार्थीहरू परीक्षामा सहभागी भएका थिए । परीक्षा नियन्त्रण कार्यालयका अनुसार नियमित तर्फ ६९.७५ प्रतिशत र आंशिक तर्फ ४२.३८ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् ।