रिस भनेको मानिसमा सामान्य रुपमा हुने उद्वेग हो । यदि यसलाई नियन्त्रण गरिएन भने यसले अरुलाई होइन, आपैmँलार्ई हानी पु¥याउन सक्छ । रिसाइहाल्नुअघि एकछिन सोच्ने बानी गर्नुपर्छ । यसो गरेको खण्डमा सामाजिक रुपमा पनि राम्रो हुन्छ ।

रिसले अन्य कुरामा हानी त पु¥याउँछ नै, स्वास्थ्यलाई पनि त्यत्तिकै असर गर्छ । रिसले उद्धेलित हुने वा एकदम झडङ्ग रिसाउने जस्तो जुनसुकै व्यवहार पनि हाम्रो हृदयरोग र रक्तसञ्चार प्रणालीका निम्ति खतरानाक हुन्छन् भन्ने विभिन्न अनुसन्धानले देखाएका छन । यी अनुसन्धानहरुले रिसको हृृदयाघात र पक्षाघातसँग परस्पर सम्बन्ध रहेको जानकारी दिएका छन् ।आपूmलाई एकदमै रिस उठेको बेला सम्झनुहोस् त ! रिसाएको बेला तपाईको मुटुको चाल एकदम छिटो हुन्छ, मुख रातो हुन्छ । तपाईको मुटुको चाल बढ्नाले र दाह्रा किट्ने गर्नाले रक्तचाप बढ्छ ।

यी सबै प्रसङ्गहरु तपाईलाई रक्तचाप बढाउने कारकतत्व बन्छन् र उच्च रक्तचाप पक्षाघात गराउने मूल कारण पनि हो । रिसाएको बेला मानिसको मुटुमा अक्सिजन परिपूर्ण भएको रगत आपूर्ति गर्ने धमनी साँघुरिन्छ र त्यसले गर्दा रगत बाक्लिएर लेसाइलो हुन जान्छ । अनि खतरनाक रुपमा जम्ने सम्भावना हुन्छ, जसले गर्दा हृदयाघात वा पक्षाघात हुन सक्छ । त्यसैले तपाई कसैसित रिसाउनु हुन्छ भने त्यसले तपाईलाई नै बढी हानी पु¥याउँछ भन्ने कुरा सम्झनामा राखिरहनुहोस् ।

रिसाइरहने बानी अथवा झडङ्ग गर्ने स्वभाव अँगाल्नाले तपाईलाई नराम्रो खाना खाने, चुरोट तान्ने वा रक्सी सेवन गर्ने नराम्रा लततर्पm लैजाने धेरै सम्भावना छ, जसले केवल मुटुको रोग वृद्धि गर्नलाई मद्दत गर्छ । आप्mनो रिसलाई नियन्त्रण गर्ने तरिका सिक्नु वा जान्नुभयो भने यसले तपाईमा पर्ने दबावलाई कम गर्न मद्दत गर्छ । भन्ने नै हो भने यसले ज्यानसमेत बचाउँछ । रिस र हृदयाघात झडङ्ग रिसाउनु या रिसलाई लुकाउन खोज्नुभन्दा यसलाई बिस्तारै शान्त भएर प्रकट गर्नु अत्यन्त स्वस्थकर हुन्छ । ससाना कुरामा पनि झडङ्ग रिसाउने या सधैं जस्तो रिसाइरहने व्यक्तिलाई मुटुको रोग लाग्ने वा हृदयाघात हुने खतरा बढी हुन्छ । रिस र स्वास्थ्यको सोझो सम्बन्ध हुन्छ भन्ने कुरा अनुसन्धानहरुले देखाएका छन् । सन् २००४ मा गरिएको एक अध्ययनमा रिस तथा कुण्ठाले मुटुको चाल असामान्य तुल्याउँछ र आकस्मिक मृत्यु निम्त्याउन सक्छ भन्ने पाइएको छ । कमजोर मुटुलाई स्वचालनमा ल्याउने उपकरण शरीरभित्र प्रत्यारोपण गर्दा वैज्ञानिकहरुले शारीरिक तनावले भन्दा मानसिक तनावले व्यक्तिमा मुटुको गति असामान्य तवरले छिटो हुन जान्छ भनी पत्ता लगाएका छन् । मुटुको गति असामान्य गराउने एकमात्र कारण मानसिक तनाव हो ।

अनुसन्धानकर्ताहरुले मुटुको गति असमान्य भएका व्यक्तित्वहरु पत्ता लगाउन भविष्यले मद्दत गर्नेछ भनी आशा राखेका छन् । मुटुको रोग बिस्तारै बढाउँदै लैजान रिसले विशेष भूमिका खेल्छ । आफ्नो रिस पोख्ने व्यक्तिलाई भन्दा भित्रभित्र रिस पाल्ने व्यक्तिलाई ७५ प्रतिशत बढी मुटुका भमनीको रोग हुने सम्भावना रहेको एक अध्ययनले देखाउको छ । रिस र उच्च रक्तचापको सम्बन्ध रहेको बारे पनि अनुसन्धानहरुले देखाएका छन् ।

केही अरु अध्ययन अनुसार रिसको कम स्तर भएका व्यक्तिलाई भन्दा रिसको प्रचण्ड स्तर भएका व्यक्तिलाई तीन दोब्बर बढी हृदयाघात हुने वा छाती दुख्ने सम्भावना हुन्छ भन्ने छ । खासगरी रिस उठेको बेला केही कुरा फुटालौं वा कसैको टाउको फुटाऔँ भन्ने भावना उब्जने व्यक्तिहरुमा यो सम्भावना अझ बढी हुन्छ । समयको अन्तरालका साथै रिसका कारण नोक्सान पु¥याउने खालका असरहरु बढ्दै जान सक्छन् । सन् २००२ मा गरिएको अध्ययनले धेरै रिस चाहे त्यो लुकाइएको होस् वा प्रदर्शन गरिएको होस्, त्यसबाट बढेको तनाव खपेका व्यक्तिमा हृदयाघात बढी भएको पाइएको छ । युवा मानिसमा शुरु गरी तिनीहरुको ४८ वर्षको उमेरसम्म जारी राखिएको हुनाले यो अध्ययन विशेष मानिएको छ । रिस र रक्तचाप रिससँगसँगै आउने शारीरिक परिवर्तन मुटुको गति छिटो हुनु र रक्तचाप बढ्नु हो । यो परिवर्तन क्षणिक हो तर लामो वा लगातार रिसाइरहने भयो भने यसले रक्तचापलाई उच्च बनाउन योगदान गर्छ । साधारणतः कम झगडालु व्यक्तिमा भन्दा बढी झगडालुमा रिसको तीब्रता हुने कुरा अनुसन्धानबाट पत्ता लागेको छ । साथै यस्ता झगडालु मानिसमा रिस पनि लामो समयसम्म रहिरहन्छ । झगडा गर्न उद्यत मानिसमा बढी र लामो समयसम्म रक्तचाप बढ्छ । रिस र पक्षाघात रिस र पक्षाघातका बारेमा गरिएको अनुसन्धानले प्रकट नगरिएका रिस, विद्वेष तथा लामो समयदेखिको रिसभन्दा सोझो एवं शान्त तरिकाले व्यक्त वा प्रकट गरिएको रिस बढी स्वस्थकर हुन्छ भनेको छ । ससाना नकारात्मक व्यवहारले पनि हाम्रो मस्तिष्क तथा मुटुमा असर पार्छन् भनी अन्य अध्यययनले ध्यानकर्षण गरेका छन् । उदाहरणका लागि एक अध्ययनले धेरै बिरामीमा अध्ययन गर्दा धैर्य नभएका, करकरे तथा अरुलाई जित्न खोज्ने व्यक्तिलाई मुटु रोग र पक्षाघातको बढी जोखिम भएको पाइएको छ । ‘रिसलाई त्यागौं, शान्त होऊँ र जीवनको मज्जा लुटौं अनि स्वस्थ र दीर्घायु बनौं ।’