प्रविधिको दुनियाँमा आजकाल हरेक चिजको बारेमा थाहा पाउन धेरै सजिलो छ । कम्प्युटरमा एक क्लिक गरेर तपाईले इन्टरनेटमा उपलब्ध दुनियाँभरका जानकारी लिन सक्नुहुन्छ ।

तर, महत्वपूर्ण कुरा यस्ता जानकारी सही वा प्रमाणित छन् कि छैनन् भन्ने हो । गुगल सर्च गरेर पाइने जानकारीहरुको कारण मानिसहरुमा ब्रेन ट्युमर र ब्रेन क्यान्सरका बारेमा पनि धेरै भ्रमहरु उत्पन्न भएका छन् ।

खासगरी यसको लक्षण, कारण, खतरा र ब्रेन ट्युमरको उपचारको बारेमा विभिन्न भ्रमहरु विद्यमान छन् । आज हामीले तपाईलाई ब्रेन ट्युमरसँग जोडिएका विभिन्न भ्रमहरु र त्यसको वास्तविकताको बारेमा जानकारी दिन खोजेका छौंः

भ्रमः मेरो मष्तिस्कमा एक ट्युमर भएको डाक्टरहरुले अनुमान गरेका छन् त्यसैले मलाई ब्रेन क्यान्सर छ ।

वास्तविकताः ब्रेन ट्युमरको हरेक केस क्यान्सर हुँदैन । केही क्यान्सर सौम्य हुन्छ, जसको अर्थ उनीहरु अरु अङ्गमा फैलँदैनन् वा नजिकका अरु कोषलाई नोक्सान पुर्याउँदैनन् । तर, अरु ट्युमरको कारणले क्यान्सर हुन सक्छ ।

भ्रमः उच्च विकिरणयुक्त वातावरणमा काम गर्ने मानिसलाई ब्रेन क्यान्सर हुन सक्छ।

वास्तविकताः १ लाख मानिसहरुमध्ये २३ जनालाई ब्रेन क्यान्सर हुन्छ । विकिरण र मस्तिस्कको क्यान्सरको सम्बन्धको बारेमा कुनै पनि शोध वा प्रमाण छैनन् । तर लामो समयसम्म विकिरण नजिक भएमा पूरै स्वास्थ्यमा नकारात्मक प्रभाव भने पार्न सक्छ । यसैले यसलाई हल्का ढङ्गले लिनु भने हुँदैन ।

भ्रमः सबै ब्रेन ट्युमर एकैखालको हुन्छ ।

वास्तविकताः खासमा सबै ब्रेन ट्युमर एकैखालको हुँदैन । अहिलेसम्म कूल १२० प्रकारका ब्रेन ट्युमरको बारेमा थाहा भएको छ । यति मात्रै होइन, ब्रेन ट्युमरको अन्तर उनीहरुको आकार, स्थान, सुरुवात र गम्भीरताको आधारमा पनि हुन्छ ।

भ्रमः सबै ब्रेन ट्युमर मष्तिस्कका कोषहरुको असामान्य कार्यको कारण हुन्छ।

वास्तविकताः ट्युमर २ प्रकारका हुन्छन्, पहिलो– जुन मष्तिस्कमा उत्पन्न र विकास हुन्छ, जसलाई प्राइमरी ट्युमर भनिन्छ । दोस्रो खालको ट्युमरलाई मेटास्टेटिक ट्युमर पनि भनिन्छ । यो शरीरका अन्य भागहरु जस्तैः फोक्सो, स्तन, मलद्वार र पेटमा असर गर्दै विस्तारै मष्तिस्कमा फैलन्छ । प्राइमरी ट्युमरभन्दा धेरै सेकेण्डरी ट्युमर धेरैलाई हुने गरेको पाइन्छ  । धेरैजसो ट्युमर स्नायुकोषबाट उत्पन्न हुँदैन तर कोषहरुले उनीहरुको समर्थन गर्छ ।

भ्रमः ब्रेन ट्युमरको सबै बिरामीहरुलाई एकै खालको समस्या र लक्षण देखिन्छ ।

वास्तविकताः ब्रेन ट्युमरको लक्षण बिरामीको गम्भीरताको स्तरमा आधारित हुन्छ । धेरै गम्भीर केसमा ब्रेन क्यान्सरको सङ्केत धेरै छिटो देखिन्छ । यसले मष्तिस्कको कार्यप्रणालीलाई विभिन्न तरिकाबाट प्रभावित गर्छ ।

भ्रमः बारम्बार टाउको दुख्ने र आँखाले धमिलो देख्ने ब्रेन क्यान्सरको सङ्केत हो ।

वास्तविकताः बारम्बार हुने टाउको दुखाइ निश्चितरुपमा ब्रेन क्यान्सरको लक्षणमा एक हो तर केवल चिकित्सकीय जाँचको मद्धतबाट मात्रै कुनै पनि न्यूरोलोजिकल स्थितिको पुष्टि गर्न सकिन्छ । डाक्टरले सिटिस्क्यानको सल्लाह दिन सक्छन् । त्यसले पनि भएन भने विभिन्न प्रकारको एमआरआई स्क्यानबाट यसको पत्ता लगाउन सकिन्छ ।

भ्रमः कम उमेरको मानिसमा ब्रेन ट्युमर हुँदैन ।

वास्तविकताः ब्रेन ट्युमर वा क्यान्सरको जोखिमलाई निर्धारित गर्ने कारकहरुमा उमेर समावेश हुँदैन । किनभने ट्युमरको समस्या नवजात शिशुमा पनि देखिएको छ । तर बच्चा र वयस्कहरुमा फरक–फरक प्रकारको ट्युमर हुन्छ, जसको सुरुवात मष्तिस्कको विभिन्न कोष र हिस्साबाट हुन सक्छ ।

भ्रमः सबै ब्रेन ट्युमर उस्तै हुन्छ र यसको उपचारको लागि ब्रेनको सर्जरी गर्नुपर्छ ।

वास्तविकताः ब्रेन क्यान्सरको लागि कैयौं उपचार प्रक्रियाहरु छन्, जसमा क्यान्सरको प्रकार, गम्भीरता, बिरामीको उमेर र सामान्य स्वास्थ्यको आधारमा निर्धारण हुन्छ । पहिलो र दोस्रो ग्रेडको ट्युमर सर्जरी र नियमित एमआरआई गराएमा ठीक हुन सक्छ भने तेस्रो र चौथो ग्रेडको केसमा घातक ट्युमरको लागि विकिरण चिकित्सा वा रेडिएसन थेरापी र किमोथेरापी पनि गर्न सकिन्छ ।

भ्रमः मोबाइल फोन साथमा राखेर सुत्नाले ब्रेन ट्युमर वा क्यान्सर हुन सक्छ ।

वास्तविकताः मोबाइल फोनबाट रेडियो फ्रिक्वेन्सीमा ऊर्जा उत्पन्न हुन्छ, जुन हाम्रो तन्तुहरुमार्फत् अवशोषित हुन्छ ।

तर यसले हाम्रो डिएनएलाई नोक्सान गर्दैन । यसको एकमात्रै प्रभावको रुपमा शरीरको तापक्रम वृद्धिलाई लिन सकिन्छ ।

अहिलेसम्म मोबाइल फोनको प्रयोगबाट ब्रेन ट्युमर भएको कुनै पनि केस प्रमाणित भएको छैन ।

मष्तिस्कको क्यान्सरको लागि एकमात्र प्रमाणित जोखिम कारक एक उत्परिवर्तन वा म्युटेसन हो ।

जुन, जन्मदेखि नै वा व्यक्तिको जीवनकालमा जहिले पनि विकसित हुन सक्छ ।

भ्रमः एकपटक उपचारपछि ब्रेन ट्युमर अर्कोपल्ट हुँदैन ।

वास्तविकताः क्यान्सर दुईपल्ट पनि हुन सक्छ । यसैले क्यान्सरलाई दुईपल्ट हुनबाट रोक्न उपचारपछिको फलोअप धेरै महत्वपूर्ण छ ।

यसको खतराको बारेमा जानकारी लिनुहोस् । त्यस्तै उपचार प्रक्रियाहरुको दीर्घकालीन साइडइफेक्ट र सामान्य लक्षणमा पनि नजर राख्नुहोस् ।