तेह्रथुम / साँस्कृतिक पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले तेह्रथुमको लालिगुँरास नगरपालिकामा निर्माण गरिएको चोत्लुङ (सिद्धी प्राप्ति) पार्क पर्यटकहरुको बिषेश गन्तव्य बन्न थालेको छ । लिम्बु समुदायको मौलिकतासँग जोडेर ढुङंगा मात्र प्रयोग गरेर बनाईको यो पार्कमा घुम्न तथा हेर्नका लागी दैनिक सयौको संख्यामा पर्यटकहरु आउन थालेका छन् ।
लिम्बु भाषामा ‘चो’ को अर्थ लक्ष्य र ‘लुङ’ को अर्थ ढुंङगा हुन्छ । यस अर्थमा यो चोत्लुङ पार्कको बिषेशता भनेको ढुंगाको सभ्यता हो । आदिमकाल देखि आफ्नै भाषा, लिपी, धर्म ,संस्कार,सस्कृती, रितीरिवाज रहेको लिम्बुजातीमा ढुङ्गाको छुट्टटै महत्व रहेको र यसको पुरातात्विक सभ्यताको भग्नाबशेस जगेर्नाको अभिप्रायले यो पार्क बनाईएको लागिगुँरास नगरपालिकाका प्रमुख तथा लिम्बु मुन्धुमबिद अर्जुन माबोहाङ बताए ।
यो पार्कको बिभिन्न भागमा अग्ला अग्ला ढुङगाका स्तम्भहरु गाडिएका छन् । यसरी ढुंङगा गाडिने परम्परा लिम्बु समुदायमा प्राचिनकालदेिख नै छ । लिम्बुहरुले जन्मदेखि मृत्यु पर्यन्तसम्म विभिन्न सामाजिक संस्कारमा लुङ अर्थात ढुंङगा गाड्दछन् ।
आदिम कालमा लिम्बुजातीको युमा(पितृ) ले प्रयोग गरेको तान बुन्ने ठाँउ र धागो अड्याउने खम्बा यहा राखिनु पार्कको बिषेशता हो । यो ढुंगाको उचाई करिब १६ फिटसम्मको छ । नजिकै ढुंगाको तराजु राखिएको छ । अर्थ मावन सम्भताको सुरुवात भएपश्चात बिहाबारी गर्दा यहि तराजुमा जोखिएर मात्र तौल अनुसार निर्णय लिनुपर्ने किंवदन्ती लिम्बु समुदायमा छ । महिलाको भन्दा तौल बढि भएमात्र पुरुषले बिबाह गर्न पाउने प्राचिन सभ्यता रहेको लिम्बु मुन्धुमविदहरु बताउछन् ।
करिब ५० रोपनी क्षेत्रफलमा निर्माण गरिएको पार्कको पूर्वपट्टिको भागमा लिम्बुजातिको आदिम राजा ‘सावा येहाङ’को सभ्यतालाई पुन निर्माण गरिने भएको छ । आदिमकालको सभ्यतालाई प्रतिविम्वित गराउने सावायेहाङ पाङभे(गाँउ)मा आठवटा परम्परागत घरहरु निर्माण गरिनेछ । लिम्बुजातीको अन्र्तराष्ट्रिय स्तरको अनुसन्धान केन्द्र निर्माण गर्ने उद्देश्यका साथ निर्माण गरिएको पार्कमा जन्म ,बिवाह, मृत्यूलगायत सामाजिक तथा सामुहिक कार्यहरु गरिने लालिगुँरास नपा ६ का वडाध्यक्ष त्रिलोचन लिम्बुले बताए ।
यो पार्क बनाउनका आ.व. ०७४÷७५ मा नगरपालिकाले १५ लाखमात्र बजेट छुट्याएको थियो । यसपटक पनि पार्कको प्रर्बद्धन र बिकासका लागि रकम छुट्टयाएको नगरपालिकाले जनाएको छ । लिम्बु जातिको संस्कार चलाउने फेदाङमा, येवा ,साम्बालगातयका शास्त्रीय ज्ञान भएका मन्त्रधारीहरु पछिल्लो समय लोप हुदै जादा लिम्बु सभ्यता र संस्कार नै धरापमा परेकाले यहि स्थानमा उत्पादन गरिने जनाईएको छ ।