मलाई २०७४ साल २८ गतेको निम्तो मान्न काकरभित्तामा जाने तरखर थियो । भदा सुुमन रसाइलीको छोरा अभिनवको अन्न प्राशनमा । सोहि समय मलाई फागुन ५ गते दलित साहित्यकार मंञ्च नेपाल धरानले गरिने कार्यक्रमको निम्तो आयो स्रष्टा केशव सुनामबाट । म काकरभित्ता २७ गते सकुशल पुगें । फागुन चार गते सानो दाजु भाउजु प्रकाश रसाइलीको घरबाट म विदा भएँ । ४ गते साँझ नितु भदैनिको घरमा पुगे । फागुन ५ गते ११ बजेको कार्यक्रममा सहभागी हुन म समयमा नै गीता मन्दिरको हलमा पुगे । त्याहा कसैलाई नदेखेपछि केशव सरलाई फोन गरे । हामी एकछीनमा आउदैछौ भन्नु भयो ।
ल म एक्लै ट्वालट्वाल ति के गर्न बस्ने भनेर धरानको स्कुल पढदाको साथी सरस्वतीलाई भेटन धरान बजार रत्तनचोकको सुनचाँदी पसलतिर गए । सरस्वतिलाई गुम्बा सुनचाँदी पसलमा भेटे । कुराकानीको क्रममा “ए गंगा तिमीले निकेतन स्कुल पढदाको तारा सुब्बालाई चिन्छौ उ त धरानको मेयर पो भएछ त” भनेर खुशी हुँदै सुनाइन ए होर अ म त राम्रै सँग चिन्छु नि हामी तारा दाई भन्दै कति जिस्काउथिम । उ त कलासमा लिडरसिप गर्ने,सिमा पाख्रेल यिनीहरु भएर राती राती अनेरास्यब्युको कार्यक्रमहरु गर्थे मलाई यादछ नि भनेर पुराना कुरा स्मरण गर्दै बताए । हेरन मलाई काठमाण्डौको एयरपोर्टमा आफैले चिनेर बोलेको म त छक्क परे । ल केहि प¥यो भने मलाई फोन गर्नु ल भन्दै फाने नं टिपाएका थिए । मैले खुुशी हुदै ल मलाई नं दिनुत भने नम्बर मुबाइलमा हेरीन ला छैन रहेछ त भनेर खिस्रितै परिन । कस्तो नमज्जा लाग्यो । कुराकानी हुदै थियो । केशव सुनामको फोन आयो कार्यक्रम सुरु भयो ।
कता हुनुुहुन्छ ? अनि म ११ः३० मा कार्यक्रम हलमा पुगे । कार्यक्रम साहित्यको विकासमा दलित स्रष्टाहरुको भुमिका विषय गोष्ठि लगभग चार घण्टा चल्यो । प्रमुख अतिथी दलित साहित्य एकडमीका अध्यक्ष रणेन्द्र बराइली, अध्यक्षता केशव सुनाम, लम्जेल सङघर्षशिल बाट प्रतिवेदन र कार्यसंञ्चालन रविन्द्रबाट भयो । त्यस कार्यक्रममा रमेश गजमेर प्रवक्ताले बोल्ने क्रममा धरानको मेयर तारा सुब्बाको नाम लिनुभयो । मन पुन ः हरर भयो । खुशी हुदै गजमेर सर सँग फोन नं मागे उहासँग मेयरको नं नभएपनि तुस्न्तै साथीभमइहरुसँग मागेर दिनुभयो । तर के गर्ने हाम्रा मेयर साबको दुइवटै किडनी खराब छन भनेर भएको कुरा बताइहाल्नु भयो । मन मनै अहो भने । कार्यक्रम पछि म पुन ः साथी सरस्वतलिाइ खुशीको कुरा बताउन गए । साँझ भदैनि र भाउजुलाइ पनि खुशी हुदै बताएँ।
धरानको मेयर त म सँग स्कुल पढदाको साथी पोत । अफसोस राती चारपाँच पटक फोन गरे मेयर जिलाई फोन नै उठेन निरास भइयो । बिहान ....यसो फोन हेरे कतै उताबाट पो आयो कि भनेर तर...... आ म अफिसमै गएर भएनि भेटछु भनेर योजना बनाए । दुइ बजेतिर फोन गरे धन्न फोन उठयो छोटो परिचय दिदै मेरो नाम गङ्गा रसाइली निकेतन स्कुलमा ८ कक्षा सम्म सँगै पढेको साथी हो नि अहिले भैरहवा निवासी भए । सरस्वति साथीबाट थाहापाए सारै खुशी लाग्यो र भेट्ने इच्छा भयो नि भने । नगरपालिकाका अफिसमा म भेटन आउ सोधे । आहो म त भरखरै इटहरी पो जादै छु । आफु चाहि साथी भनेर कत्रो भेट्ने धोका छ खिस्रिकै परे । म त्यो बेला तिनकुनेमा थिएँ। तिनकुने चोकमा भएनि झुरलुक्क भेटने योजना बनाउनु पर्छ कि भन्ने पनि लाग्यो ।
मेयर मानछे गाडिमा एकातिर हुइकिएको मिलदैन भो भनेर मन बुझाएँ । त्यो दिन म दिउँसो तिनकुनेको भित्री टोला टेम्पो चालक पुर्ण गजमेर दाइको घर थिए । साँझ धरान सिद्धार्थचोक निरज रसाइलिको घर बसे । आफनो ध्यान भने साथी मेयर सँग भेटने थियो ।फोन गरेर एकपटक सोध्न मन भयो विहान घरमा नै भएनि भेट गर्ने कि भनेर धन्न फोन उठ्यो मनको कुरा राखे । विहान भेट्ने कुरा भयो । भदाको बाइक भएकोले भदालाई सोधे जाने निधो भयो । म चाहि सात बजे सम्म तयार भए भदा त सुस्त रहेछन् आठ बजे पछि बल्ल तयार भयो । सुब्बाजीले बताएको ठाँउ बारे भदा र वरिपरि दाई भाइहरुलाई सोध्दा ला थाहा छैन त यो ठाँउ का छ र भनछन् बा !
मेयर जस्तोलाई घरिघरि फोन गर्ने कुरानि आएन बुद्ध चोक भन्दा अलिपर भनेको सुनेकै भरमा जे त होला भदा त्यतैतिर गएर सोधौला भनेर फुपु भदै गुडियो । सानोमा त्यो बाटो खुब हिडेको हुनाले त्यता जान आट गरे । बुद्धचोकमा स्व विमल स्मृति पुस्तकालयका अध्यक्षलाई चिनेकि हुनाले उहासँग गएर सोधे । उहाले बताइदिनु भयो । सोद्धै खोज्दै घरमा पुग्यौ । धन्न दिन राम्रो रहेछ । मेयर मान्छे सामाजिक काममा हिडन भनेर यसो गाडिमा मात्र चढन बाँकि थियो । फराकिलो आगनमा दुइतल्ला चिटिक्क परेको घर रहेछ । घर भित्र जान परेन त्यहि बाटोमा नै ५।१० मिनेट उभिएर कुराकानी भयो । म अलि बोलैया परे फरर आफनो कुरा राखे । यसोदा , सिमा , बीना साथिहरुको नाम लिए । ए.. ए.. भन्नु भयो तपाइ र सिमा भएर अनेरास्यवियुकोे कार्यक्रमहरु गरेको मलाइृ याद छ मनिटरिङ्ग गरेको याद छ भने । हामी साथीहरुले तारा दाई भन्दै जिस्काउथ्यौ भनिदिए । उहाँ त अचम्म परिरहनुभयो । सीमा पो का छ हौ सोध्नु भयो । उ त कोलोराडो ग्क्ब् मा छिन् भने । म सगँ बेला बेला कुराहुन्छ नि खुशी हुदै बताए । मेरो कथा संग्रह यसो समय पाए पढिदिनु ल भनेर सप्रेम सम्झना दिए । बाचुञ्जेल हतारै हतार मुवाइलमा कैद भयौ । हामी स्कुले साथी लगभग ३४ वर्षपछि घरको अगाडि ठिङ्गै बाटोमा उभिएर हतारै सहि भेटघाट गरियो ।
लु है साथी यतिका वर्षमा भेट भयो घरमा बसेर कुराकानी पनि गर्न पाइएन भन्दै गुनासो व्यक्त भयो । क्यामपमा त्या एक जनाले विष पिएर आछ रे उसलाई भेटन हिड्न पो लागेको है अहिलेलाई यस्तै भयो फेरी पछि भेटौला भन्दै, छुट्ने बेलामा आफु कसरी आइयो त भनेर मलाई सोध्नुभयो , खुशी लाग्यो । न भए यसैमा परसम्म जाउभन्नु भयो । यता भदाले खुशी व्यक्त ग¥यो फुपुले गर्दा मेयरलाई भेटन गइयो भनेर । तर भदा हाम्रो क्यामेरामा कैद हुन नपाउदा मेरो मन पछि खिन्न भएको थियो । मेयरलाई भेटेर आएपछि आफुत गमक्कै परियो । घर परिवार साथिभाइ सबैलाई खुशी हुदै बताइयो । फेसबुकमा पनि जानकारी गराइयो । हप्तौ दिनसम्म मन त्यसै फुरुङ्ग भइरहयो । चैत्रको ३ गते सिद्धार्थनगर भैरहवा नेवा खलको वार्षिक कार्यक्रममा पाल्पाका मेयर अकोश शाहीसंगसुपरिचित हुदाँ सगर्व धरानका मेयर मेरो स्कुले साथी होनी भने । घर आएपछि दुइचार पटक फोनमा कुरा गर्न प्रयास गरे असफल भएपछि मनै म¥यो । फेसबुक मेसेन्जरमा पनि म्यासेज पठाइरहन्थे उत्तर नआउने । समय गति आफ्नै ढंगमा निरन्तर बगिरहेको थियो । ०७५ साल साउन १ गते राती ११ बजेतिर यसो फेसबुक चलाउदै गर्दा बुटवल निवासी देवेन्द्र घिमिरे स्रष्टाको फेसबुकमा धरान उपमहानगरपालीकाको मेयरको देहान्त बारे समाचार देखे म त तिनछन परे मनले नमानि नमानि हार्दिक श्रद्धान्जली लेख्ने बाध्य भए ।
धन्न त्यो दिन क्षणिक भेट भए नि भेट गर्न पाएछु भनेर समयलाइ धन्यवाद दिए । सम्झना आखाँ भरी घुमाउदै श्रद्धाञ्जलीका शब्द भाव र त्यो समय भेट भएको संस्मरण लेख्न राती नै कलम चलाए । विहान अरु त के नै गर्न सकिन्छ र म त भौगोलिक दृष्टिले टाढा , विहान उठे श्रद्धाञ्जली स्वरुप एक अम्खरा जल अर्पण गरे । साथिको नाममा एक छाक सहृदय खाना छाडे । अन्तमा साथी मेयर तारा सुब्बा प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु र शोकसन्तन्पत परिवारजन प्रति हार्दिक समवेदना प्रकट गर्दछु । पवित्र आत्माले शान्ति पाओस् कामना गर्दछु । अलविदा साथी ।