नेपालको प्रजातन्त्र दिवस फागुन ७ को सन्दर्भमा

alt
  • फाल्गुन ७, २०७६
  • विश्वराज शर्मा

कुनै पनि विश्वभरिका राष्ट्रहरू स्वतन्त्र हुनु अगावै त्यस देशका जागरुक र स्वतन्त्रता प्रेमीवर्गका अगुवाइहरूले मुलुकमा स्वतन्त्रता प्राप्त गर्न र राष्ट्रलाई सैनिक शासन, जहानियाँ शासन र एकदलीय कुशासनको विरुद्ध गुप्तरूपले संस्था खोली त्यसैको माध्यमबाट जनतालाई क्रुर शासन र बर्बरताको विरुद्ध पर्चा पम्लेट र साना साना लुकी छिपि गरिने कोणसभा, बैठक, सभा गरी विस्तारै जनतामा प्रचार प्रसार गरी स्वाधीन राष्ट्र बनाउन प्रयत्न गरेको इतिहासबाट देखिन्छ ।

त्यस्तै हाम्रो देशमा १०४ वर्षको जहाँनियाँ राणा शासन विरुद्ध आवाज बुलन्द गर्दै प्रजापरिषद् नामक संस्थाले राणा शासनको नालीबेली जनता समक्ष पर्चा पम्प्लेट र कोठे सभाबाट प्रचार गर्न शुरु गरेको देखिन्छ । जसको अगुवाइ टङ्कप्रसाद आचार्य, रामहरि शर्मा, शुक्रराज, गङ्गालाल, धर्मभक्त माथेमा र दशरथ चन्द थिए । पछि आएर त्यही संस्थामा गणेशमानसिंह पनि जोडिनु भएको ज्ञान हुन आउँदछ । देशलाई राणा शासनको एकलौटी क्रुर शासनबाट मुक्त गरि देशमा स्वर्णिम राष्ट्र र प्रजातन्त्रको बिजारोपण गरी देश र जनतालाई उन्मुक्ति दिलाउन प्रयत्नशील भएर आफ्नो कार्यक्रम सावधानीका साथ सञ्चालन गर्दै थिए ।

एकतन्त्रीय जहाँनिया राणा शासनको विरुद्ध सर्वप्रथम बिगुल फुक्ने महानायक सन् १८७६ इ.मा गोरखाका लखन थापासहित सातजनालाई मनकामना मन्दिरको छेउमा रहेको रुखमा झुण्ड्याएर प्राण दण्ड दिएको कुरा इतिहासबाट ज्ञात हुन आउँदैछ । लखन थापा प्रथम शहीदको पङ्क्तिमा हुँदाहुँदै पनि ओझेलमा परेका शहीद हुन् । उनलाई जङ्गबहादुर राणाले मृत्युदण्ड दिएका हुन् । जङ्गबहादुर पछि पनि राणा प्रधानमन्त्रीहरू ७ सात जना भए । मानौं १०४ वर्ष राणा शासनको अँध्यारो कुनाबाट लखन थापाको नाम कसैले पनि लिन साहस गरेनन् । त्यसै कारणले उनी चम्किला शहीदको पङ्क्तिमा आउन सकेनन् ।

दोस्रोमा कृष्णप्रसाद कोइरालालाई शहीदको कोटीमा राख्न सकिन्छ । राणा विरोधको प्रचार प्रसार गरेको र १९७४ सालमा चन्द्र शम्शेरलाई चिठी लेखेर राणा शासनको विरोध गरे वापत् र गरिबका फाटेका लुगा चन्द्र शम्शेरलाई पठाई हेर “राजा तिम्रा प्रजाको अवस्था” भन्ने साहस गरेका थिए र १८८६ मा प्रधानमन्त्री भीम शम्शेरको पालामा नेपाल भित्रिए । कृष्णप्रसाद कोइराला नेपाल आएपछि पनि राणा विरोधी कार्यमा संलग्न भएको ठहर ठानी उनलाई काठमाण्डौ ल्याई थुनुवामा राखियो । थुनुवामा रहँदा धेरै हण्डर, डर, धम्की र पीडा दिएर, त्रिपुरेश्वरमा नजरबन्द राखियो । २००१ साल माघ महिनामा नजरबन्दीकै अवस्थामा उनको निधन भएको थियो । यसरी सरसर्ती हेर्दा तत्कालीन राणा शासन विरुद्ध विद्रोह गर्ने अदम्य साहस भएका युवा धर्तीका पुत्रद्वय लखन थापा र कृष्णप्रसाद कोइरालाको योगदान, कदर, बहादुरीको यथोचित प्रचार प्रसार नभई मान सम्मान नभएको देखिन्छ ।

नेपाल प्रजा परिषद्को गतिविधि १९९३ सालदेखि तीव्र गतिमा बढ्दै गयो । यसको प्रभाव पाटन, भक्तपुर र काँठसम्म पुग्न थाल्यो । कार्यक्षेत्र पनि फैलिएर जाँदै थियो । यसै क्रममा हठात् १९९७ साल माघ २ गतेका दिन राणा विरोधी कार्यमा संलग्न भएको अभियोग लगाएर शुक्रराज शास्त्री, गङ्गालाल, धर्मभक्त माथेमा र दशरथ चन्दलाई पक्राउ गरी, ई.१९४१ जनवरी १९ तदनुसार १९९७ माघ १ गते मृत्युदण्डको सजाय विशेष अदालतले सुनायो । १९९७ साल माघ १० गतेदेखि पालै पालो शुक्रराज, गङ्गालाल, दशरथ चन्द र धर्मभक्त माथेमालाई १९९७ साल माघ १५ गतेभित्र काठमाण्डौको विभिन्न ठाउँमा लगि मृत्युदण्ड दिइयो । यिनै बीर शहीदहरूको अदम्य साहस, योगदान देश र जनताको लागि आफ्नो अमूल्य जीवन भावी सन्ततिको नवीन भविष्यका लागि अर्पित गरेर नेपालका क्रान्तिकारीहरूलाई प्रेरणा दिएर अस्ताए ।

भारतको बनारसमा बस्ने उत्साही नेपाली युवकहरूले सन् ३१ अक्टुबर १९४५ मा अखिल भारतीय नेपाली राष्ट्रय काङ्ग्रेस नामक सानु संस्था स्थापना गरे । यो सङ्गठन खोल्नका लागि विश्वेश्वर प्रसाद कोइरालाको निकै प्रेरणा र सक्रियता भएको तत्कालीन अभिलेखले खुलाउँदछ । बीपीलाई उक्त संस्था खोल्न माथि उल्लेखित अमर शहीदहरूको बलिदानको कारण पनि मान्न सकिन्छ । जसले आउने पिढीको लागि आफ्नो जीवन उत्सर्ग गरेर भोलिको सन्ततिलाई सुनौलो विहानीको तर्फको बाटो फेरिदिए । जसको फलस्वरूप विश्वेश्वर कोइराला, सुवर्ण समशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, मातृकाप्रसाद कोइराला शहीदहरूको प्रेरणाले राणा शाहीको जहाँनियाँ शासन समाप्त पारी नेपालमा संवैधानिक राजतन्त्रसहितको संसदीय प्रजातन्त्रको स्थापनातर्फ उन्मुख भएको पाइन्छ ।
भारतीय नेताहरूको शुभेच्छा र नेताहरूको अथक प्रयासले क्रान्तिको तयारीले गर्दा नेपाली जनताहरूले उत्साह र उमङ्गका साथ क्रान्तिकारीहरूलाई तन, मन र धनले सहयोग गर्ने मनसाय नेताहरूले महसुस गरेको ज्ञात हुन आउँदछ ।

फलतः २००७ सालको जनक्रान्ति सफल भई, प्रजातान्त्रिक मूल्य मान्यताको व्यवस्था स्थापित भयो । यिनै मूल्य मान्यता, योगदान स्थापित गर्न जननायक बीपी कोइराला सुवर्ण समशेर, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईलाई करबि करिब ८ वर्ष लाग्यो । २०१५ सालको आम निर्वाचनमा नेपाली काङ्ग्रेसलाई दुई तिहाई बहुमत प्राप्त भई देश नव निर्माणतर्फ उन्मुख हुँदाहुँदै हठात् २०१७ साल पौष १ गते राजा महेन्द्रले सैनिक बलको भरमा १८ महिने कलिलो संसदीय व्यवस्थाको घाँटी निमोठी हत्या गरे । त्यसपछि देश पञ्चायती शासन नामक व्यवस्थामा तीस वर्ष अन्धकार भए युगमा प्रवेश ग¥यो । निर्दलीय पञ्चायत व्यवस्थाको नाममा ३० वर्षसम्म देशलाई बन्दी बनाइयो । २०४६÷०४७ जन आन्दोलनका कमाण्डर नेपाली काङ्ग्रेसका सर्वोच्च नेता लौह पुरुष वीर गणेशमान सिंहको कमाण्डरसिपमा पुनः प्रजातन्त्रको स्थापना भयो । कृष्णप्रसाद भट्टराईको प्रधानमन्त्रीत्व कालमा संविधान बन्यो २०४८ को आम निर्वाचनमा नेपाली काङ्ग्रेसले बहुमत प्राप्त ग¥यो । नेपाली काङ्ग्रेसको सरकार बन्यो ।

तत्पश्चात् नेपाली काङ्ग्रेसमा राजनैतिक अािर्थक विकासका विषयमा वीर गणेशमान सिंहले हामीले राजनैतिक क्रान्तिमार्फत् सत्ता प्राप्त ग¥यौं । अब हाम्रो सामु आर्थिक क्रान्ति गर्नुको विकल्प छैन । अरु विषयमा अलमल नगरौं भन्ने विचार छापामार्फत् प्रकाशित भयो । सो समाचारले सम्बन्धित प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला वृत्तमा हडकम्प मच्चियो । यिनै वादविवादको सङ्घर्षमा २०५१ सालमा गिरिजाप्रसाद कोइरालाले करिब साढे तीन वर्षको कार्यकाल बिताएको आफ्नै सरकार विरुद्ध मध्यावधि चुनावको घोषणा गर्नुप¥यो । मध्यावधि चुनावमा नेपाली काङ्ग्रेस सत्तरी सिटमा खुम्चिनुप¥यो । २०५१ साल पछडिका दिनहरूमा देशमा भ्रष्टाचार, अनाचार, बेथिति मौलाएर गयो । देश अनिश्चतताको भुँवरीमा जकडियो ।

आदर्श, निष्ठा, सिद्धान्त र प्रजातान्त्रिक व्यवहारको विस्तारै विस्तारै ह्रास हुँदै गयो । राम्रा राम्रा विचारको खडेरी लाग्यो । देशले प्रजातन्त्रको अभ्यास गर्न पाएन । फलस्वरूप हालको नेकपाको दुई तिहाई सरकारले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको वर्तमानलाई अभ्यासको रूपमा नलिएर, भ्रष्टाचार, बलात्कार, वाईडवडी जहाज, सुनतस्करी, ललिता निवास जग्गा प्रकरण र अन्य बेथिति बिजारोपण गरी देशको सङ्घीय संसदको गरिमालाई दाउमा लगाउने काम भएको हामी प्रष्ट अनुभूति गरिरहेका छौं । नेपालको सङ्घीय लोकतान्त्रिक गणतन्त्रले अभ्यास गर्न नपाएको सर्वविदितै छ ।

ज्ञात अज्ञात शहीदहरूले देशको लागि आफ्नो ज्यान मातृभूमिका पिँढीहरूलाई सुनौला भविष्यको लागि दिएको शहादत त्यसै खेर गइरहेछ । यो नेतृत्वले बेलैमा हेक्का राखेन भने सबैतिरबाट आक्रान्त भएका देशबासीहरूको धैर्यको बाँध फुटेमा आफू सुरक्षित हुने ठाउँ पनि नपाउन सक्दछन् । शहीदका रगतले क्षमा दिने पनि सम्भावना देखिँदैन । त्यसकारण अबको नेपाली काङ्ग्रेसको नेतृत्वले २००७ साल, २०४७ साल र २०६२÷०६३ को दोस्रो आन्दोलनले स्थापित गरेका मूल्य, मान्यता, संसदीय अभ्यास, आदर्श, व्यवहार, सिद्धान्तका साथ सँगसँगै लिएर जानुको विकल्प छैन ।

यदि यो बाटोको अवलम्बन गरिएन भन्ने, मुलुकले संसदीय लोकतन्त्र गुमाउन सक्ने स्थितिको सृजना उत्पन्न नहोला भन्न सकिन्न । तसर्थ नेपाली काङ्ग्रेसको काँधमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र जोगाउने अभिभारा आइपरेको कुरा टड्कारो रूपमा देखिन्छ । सङ्कटको समाधान पनि नेपाली काङ्ग्रेसकै काँधमा आउँदछ र त्यसको (जब जब देशमा सङ्कट आइपर्छ ) समाधान मुलुकबासीको हितलाई ध्यानमा राखेर नेपाली काङ्ग्रेसले गर्नुपर्दछ ।

सामान्य विवादमा छुरा ...

बिर्तामोड । झापाको हल्दिवारीमा एक ब्यक्तिले सामान्य बिव ...

प्रदेश १ मा आइसोलेश ...

विराटनगर । प्रदेश नं १ मा कोरोनाको आशङ्कामा आइसोलेशनमा ...

चीनका सेनाद्वारा एक ...

धरान । चीनको सेनाले भारतको पूर्वोत्तर प्रदेश अरुणाञ्चलक ...

भारतमा एक वर्षसम्म र ...

धरान । भारतका प्रधानमन्त्री, राष्ट्रपति लगायतको एक वर्ष ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved