श्री शालवाहनीय शाके १९४८ ने.सं. ११४६ वि.सं. २०८३ साल असार २ गते मङ्गलबार, १६ जुन २०२६, रौद्रनाम संवत्सर। ज्येष्ठ शुक्लपक्षको प्रतिपदा तिथि भोलि ०१ः१५ बजेसम्म, उप्रान्त द्वितीया, नक्षत्र आद्र्रा ०४ः३२ बजेसम्म, उप्रान्त पुनर्वशु, चन्द्रमा राशि मिथुन, सूर्योदय ०५ः०७ बजे र सूर्यास्त ०७ः०१ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
आत्मविश्वासको कमीले पछि परिनेछ। बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
शुभचिन्तकको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। दिउँसोदेखि नयाँ योजनातर्फ अग्रसर भइनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
उद्योग र व्यापारमा विशेष फाइदा हुने ग्रहयोग छ। रोकिएको काम बन्नेछ। नयाँ काम सुरु गर्ने समय छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
विभिन्न सहयोग र उपहार पाइनेछ।बिहानको समय फलदायी रहनेछ। केही रचनात्मक कार्य गर्न सकिनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउनेछ। दिउँसोतिर विवादमा परिने सम्भावना छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
किनमेलमा अधिक खर्च हुनसक्छ। अनावश्यक किनमेलले नगद बाहिरिन सक्छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अरूको करकापमा काम गर्नुपरे पनि आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। कर्जामार्फत् खर्च जुटाउन सकिनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
काममा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। मध्याह्नदेखि सहयोगीहरूले साथ दिनेछन् ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ। मिहिनेतीहरूका लागि दिन फलदायी रहनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन्। गरेका कामबाट प्रशस्त लाभ हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आयआर्जन बढ्नेछ र उठ्नुपर्ने रकम हातलागी हुनेछ। तर साथसाथै खर्चिलो काम पनि प्रारम्भ हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आवश्यकता पूरा गर्न सरसापट लिनुपर्ने हुनसक्छ। होस नपुग्नाले कामकाज अधुरो हुने स्थिति आउन सक्छ।