७५ लाखभन्दा बढी जनसङ्ख्या भएको हङ्कङका १८ जिल्लामा काउन्सिलरहरू नागरिक र सरकारबीचको पुल हुन् । नागरिकका मुख्य अपेक्षा सामाजिक सुरक्षा सुविधा कसरी लिने, स्वास्थ्य सेवा कहाँ पाइन्छ, वृद्ध भत्ता, ट्राभल कार्डजस्ता सेवामा पहुँच कसरी पु¥याउने, स्थानीय समस्या—सडक, सुरक्षा, चोरीको तत्काल समाधान कसरी गर्ने भन्ने बढी हुन्छ । यी विषयमा तिनै जनप्रतिनिधिहरूले समाधान गर्न सक्छन् ।
विश्वकै व्यस्त, आधुनिक र बहुसांस्कृतिक सहरमध्ये एक हङ्कङ जहाँ अवसर छ, प्रतिस्पर्धा छ र पहिचान बनाउनु सजिलो छैन । तर यही सहरको याउ चिम मोङ (थ्बग त्कष्m ःयलन) मा एक नेपाली महिलाले आफ्नो मिहिनेत, क्षमता र सामाजिक समर्पणमार्फत् इतिहास रचेकी छन् । उनी हुन् पोखराकी अरुणा गुरुङ ।
मलेसियामा जन्मिएकी अरुणा गुरुङका पिता दिपक गुरुङ ब्रिटिस सेनामा कार्यरत थिए । बाल्यकालमै उनी हङ्कङ आइन्, तर शिक्षा भने नेपालमै रोजिन् । पोखराको गोर्खा स्कुलदेखि पृथ्वीनारायण क्याम्पस र पद्मकन्या क्याम्पससम्मको शैक्षिक यात्रा पूरा गर्दा उनको स्थातक तह पूरा गरिन् ।
विदेशमा जन्मिए पनि नेपाली माटोसँगको सम्बन्ध टुट्न नदिएको यो निर्णयले उनको व्यक्तित्वमा गहिरो जरा बसायो । सन् १९९० मा हङ्कङ फर्किएपछि उनले ड्राइगन एयरलाइन्स (हालको क्याथे प्यासिफिक) मा एयरहोस्टेसको रूपमा करियर सुरु गरिन् । अङ्ग्रेजीमा राम्रो दखल भएकी उनी चाँडै नै क्यान्टोनीज र म्यान्डारिन भाषामा पनि पोख्त भइन् । यी भाषा हङ्कङमा बोलिने स्थानीय भाषा हुन् ।
१० वर्षको सेवापछि व्यवस्थापकीय तहमा पुगिन् । पछि ड्राइगन एयरवेज क्याथे प्यासिफिकमा मर्ज भएपछि पनि उनले निरन्तर काम गरिन् र सन् २०२० मा अवकाश लिइन् । महिनामा दुई पटक नेपाल आउने र बाँकी समय हङ्कङ बस्दै स्थानीय भाषामा राम्रो प्रगति गरिन् ।
उनको भनाइ आज पनि प्रेरणादायी छ—“भाषा लजाएर होइन, अभ्यास गरेर सिकिन्छ ।” पेशासँगै उनले सामाजिक कार्यलाई कहिल्यै छुटाइनन् । स्काउट, भाषा शिक्षण र त्यहाँको सोसियल वेल्फेयर डिपार्टमेन्टमार्फत् समाजसेवामा सक्रिय रहिन् ।
चिनियाँ समुदायलाई अङ्ग्रेजी सिकाउँदै र स्थानीयसँग घुलमिल हुँदै उनी समुदायमा विश्वासिलो नाम बनिन् । यही सामाजिक पुँजीले उनलाई नेतृत्वतर्फ डो¥यायो । अरुणा गुरुङले हङ्कङमा रहेका नेपालीसहित अन्य क्यगतज ब्कष्बल समुदायका समस्यालाई सरकारसम्म पु¥याउने महŒवपूर्ण भूमिका खेलेकी छन् ।
हङ्कङमा आगलागी ठूलो चुनौती मानिन्छ । बाक्लो बस्ती अग्ला घरहरूले सधैँ आगलागीका लागि चुनौती दिने गरेको छ । सन् २०२० मा याउ मा तेइ क्षेत्रमा भीषण आगलागी भयो । जहाँ ७ नेपालीको ज्यान गयो । त्यो सङ्कटको घडीमा अरुणा अग्रपङ्क्तिमा थिइन् ।
उद्धार, समन्वय र पीडित सहयोगमा उनको सक्रिय भूमिकाले हङ्कङ सरकारको ध्यान खिच्यो । त्यसपछि उनी फायर सेफ्टी कमिटीमा नियुक्त भइन् । यो हङ्कङका शक्तिशाली सल्लाहकार संयन्त्रमध्ये एक हो ।
सामाजिक योगदान र नेतृत्व क्षमताको मूल्याङ्कन गर्दै सन् २०२४ मा उनलाई याउ चिम मोङको डिस्ट्रिक काउन्सिलर नियुक्त गरियो । यो उपलब्धि केवल व्यक्तिगत सफलता होइन—यो हङ्कङमा बसोबास गर्ने करिब ३० हजार नेपाली समुदायको प्रतिनिधित्व गर्ने ऐतिहासिक क्षण हो ।
काउन्सिलरको भूमिकाः नागरिकको पहिलो सहारा
७५ लाखभन्दा बढी जनसङ्ख्या भएको हङ्कङका १८ जिल्लामा काउन्सिलरहरू नागरिक र सरकारबीचको पुल हुन् । नागरिकका मुख्य अपेक्षा सामाजिक सुरक्षा सुविधा कसरी लिने, स्वास्थ्य सेवा कहाँ पाइन्छ, वृद्ध भत्ता, ट्राभल कार्डजस्ता सेवामा पहुँच कसरी पुर्याउने, स्थानीय समस्या—सडक, सुरक्षा, चोरीको तत्काल समाधान कसरी गर्ने भन्ने बढी हुन्छ । यी विषयमा तिनै जनप्रतिनिधिहरूले समाधान गर्न सक्छन् ।
हङ्कङको प्रणाली यस्तो छ कि काउन्सिलरले रिपोर्ट गरेपछि २४ घण्टाभित्र समस्या समाधान हुने व्यवस्था छ—जुन सुशासनको उदाहरण मानिन्छ । काउन्सिलर शक्तिशाली सरकारी अङ्ग(बडी) हो ।
पोखराका राजनीतिमा सक्रिय कुलप्रसाद गुरुङसँग सन् १९९७ मा विवाह गरेकी अरुणाको जीवनमा रोचक मोड पनि आयो । कुलप्रसाद गुरुङ पोखरा महानगरको उपमेयरमा चुनाव लडे । जिते नेपाल बस्ने, हारे हङ्कङ जाने दुवै जनाको यस्तो सहमति थियो । उनले चुनाव हारे । अन्ततः हङ्कङ नै स्थायी बसोबास बन्यो, जहाँबाट उनले आफ्नो प्रभाव अझ फराकिलो बनाइन् ।
अर्काको देशमा गएर रोजगारी गरी त्यही देशको एउटा दरिलो खम्बाको रूपमा स्थापित हुनु चानचुने कुरा होइन । गुरुङ एउटा एयरहोस्टेजको रूपमा हङ्कङ प्रवेश गरेर त्यहाँको सरकार तथा समुदायमा महŒवपूर्ण योगदान दिए बापत सरकारले सन् २०१२ मा हङ्कङ सरकारको ‘चिफ एक्जुकेटिपकमेन्डेसन फर कम्युनिटी सर्भिज’ पुरस्कार पाइन् । यो पुरस्कार हङ्कङबाहिरका विरलै व्यक्तिले पाएका छन् । यस्तै सन् २०२३ मा ‘इथ्नी एचिपमेन्ट एवार्ड’ पाइन् । उनले विभिन्न समयमा उनले समाजसेवा गरे बापत सरकार र समुदायस्तरमा सम्मानित हुँदै आएकी छन् । हङ्कङमा बस्ने दक्षिण एसियाका हरेक मानिसको आपत् विपत् र सुख–दुःखको उनी साथी हुन् ।
विदेशमा बसेर पनि उनी नेपालको विकासप्रति चिन्तित छिन् । करको सही उपयोग पर्याप्त पार्क र सार्वजनिक स्थल, युवापलायन रोक्ने नीति सरकारले ल्याओस् भन्ने उनी चाहन्छिन् । अरुणा गुरुङको कथा केवल व्यक्तिगत सफलताको कथा होइन—यो अवसर, सङ्घर्ष र पहिचानको कथा हो । हङ्कङजस्तो प्रतिस्पर्धी सहरमा एक नेपाली महिलाले नेतृत्वको स्थान हासिल गर्नुले देखाउँछ—यदि क्षमता, मिहिनेत र समुदायप्रति प्रतिबद्धता छ भने सिमाना बाधा हुँदैनन् । आज उनी केवल थ्बग त्कष्m ःयलन म्ष्कतचष्अत की काउन्सिलर मात्र होइनन्—उनी विश्वभर रहेका नेपालीका लागि प्रेरणाको प्रतीक बनेकी छन् ।